उत्तराखण्डमा सम्पर्कविहीन भएका चारजना सुरक्षित

धादिङबेंसी, २३ साउन । भारतको उत्तराखण्डमा सम्पर्कविहीन भएका धादिङका चारजना सम्पर्कमा आउनुभएको छ । केही दिनदेखि मोबाइल नेटवर्क नभएकाले सम्पर्कविच्छेद भएपनि उहाँहरू अहिले सम्पर्क भएको र सबै जना सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले चारै जना सकुशल रहेको जानकारी गराउनुभएको हो । हाल ज्वालामुखी गाउँपालिका–२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ चारै जना सुरक्षित रहनुभएको खबर आएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार  १४ : १८  बजे