काठमाडौं, २३ साउन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उत्तराखण्डको बाढीमा सम्पर्कविहीन नेपाली नागरिकको खोजी एवम् उद्धारका लागि कूटनीतिक पहल शुरू भइसकेको जानकारी दिनुभएको छ ।
परराष्ट्रमन्त्री राणाले बाढीमा परेर जाजरकोट, धादिङ, बर्दिया र जुम्लाका नागरिक बेपत्ता भएको जानकारी आएलगत्तै उनीहरूको खोजी र उद्धारका लागि कूटनीतिक पहल शुरू भएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । हराएको भनिएका नेपाली नागरिकको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा काम गर्न दिल्लीमा रहेको नेपाली राजदूतावासलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।
पराष्ट्रमन्त्री राणाले बाढी पहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलीसहित दुःख व्यक्त गर्नुभएको छ । यही साउन २० गते उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ । त्यहाँ खोज तथा उद्धार कार्य चलिरहेको छ ।








प्रतिक्रिया