प्रधानमन्त्री ओलीसँग अध्यक्ष लिक्वानको शिष्टाचार भेट

तुर्कमेनिस्तान, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैँकका अध्यक्ष जिन लिक्वानले आज शिष्टाचार भेट गर्नुभएको छ ।

तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरूबिच ‘साइडलाइन’ भेट भएको हो ।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार  १४ : ५१  बजे