भारतीय विदेश सचिव काठमाडौँ आउँदै: प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिने

काठमाडौं, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव बिक्रम मिश्री नेपाल आउने हुनुभएको छ । उहाँ आगामी भदौ १ गते काठमाडौँ आउने स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ। तर, भ्रमणको औपचारिक मिति भने तय भइसकेको छैन। विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नुहुने छ । विदेश सचिव मिश्रीले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्रसचिवसँग भेटेर ओलीको भारत भ्रमणका एजेन्डाबारे छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय सम्वद्ध स्रोतहरूले जनाएका छन्।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार  ११ : ३९  बजे