काठमाडौं, २२ साउन । सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटका समिर परियार छन् । उनलाई काठमाडौंबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान व्युरोका प्रमुख कृष्ण पंगेनीले बताउनुभएको छ । उहाँका अनुसार परियारमाथि अनुसन्धान भइरहेको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको हो । भुजेललाई पोखराबाट कामको प्रलोभनमा भारतमा पुर्याई बन्धक बनाएर गिरोहले मिर्गौला झिकेको बताइन्छ । पोखरामा भेटिएका एकजना भारतीय नागरिकले उहाँलाई होटलमा वेटरको काम लगाइदिने भनेर भारत लगेका थिए । त्यसको करिब १० दिनपछि उहाँ काठमाडौंको कलंकीमा आइपुग्नुभएको थियो। भारतबाट आउने गाडीमा काठमाडौं आइपुगेका उहाँले कम्मरमा अनौठो किमिसको दुखाइ महसुस गर्नुभयो । घर फर्किएपछि उहाँले परिवारका सदस्यलाई आफूलाई दुखाइ भइरहेकोबारे सुनाउनुभएको थियो । साथमा देब्रेतर्फ लगाइएको टाँकाबारे सुनाउनुभउको थियो । अनि अस्पतालमा जाँच गराउँदा उहाँको एउटा मिर्गौला नभएको खुलेको थियो ।
प्रतिक्रिया