तुर्कमेनिस्तान, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभएको छ ।
भूपरिवेष्ठित विकासशील राष्ट्रहरू ९एलएलडीसी० को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आज भएको भेटवार्ताका अवसरमा प्रधानमन्त्री ओलीले आउँदो वर्ष नेपाल भ्रमणका लागि राष्ट्रपतिलाई निमन्त्रणा गर्नुभएको हो ।
भेटपछि दुवै देशका सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले दुईपक्षीय हित, चोसो, सहयोग र सहकार्यसहित दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ र उपलब्धिमूलक बनाउनेलगायतका विषयमा छलफल भएको बताउनुभयो । त्यस अवसरमा उहाँले छोटो समयावधिमा तुर्कमेनिस्ताले गरेको विकासको प्रशंसा गर्दै नेपाल सन् २०२६ मा विकासशील देशमा स्तरोन्नति हुने जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले आवाजा शहरमा ुएलएलडीसीु को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको भव्य आयोजनाका लागि राष्ट्रपति बेरदिमुहामेदोभलाई धन्यवाद दिनुभयो । प्रधानमन्त्री ओलीको आजै अन्य देशका राष्ट्रप्रमुख र सरकार प्रमुखसँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ ।
हरेक १० वर्षमा हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली उच्चस्तरीय भेटघाटसहित विभिन्न कार्यक्रममा सहभागी हुनुहुन्छ ।
प्रतिक्रिया