भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय हो – प्रधानमन्त्री ओली

काठमाडौं, २० साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय भएको बताउनुभएको छ । तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तारमार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्द्धन’ विषयक साइड इभेन्टमा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताउनुभयो । तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ, सम्पर्क सञ्जाल खोल्नु उनीहरूको कर्तव्य हो। यो अनुग्रह होइन। अवरोधलाई नवप्रवर्तनमा बदलौं, यसलाई साझा समृद्धिको इन्जिन बनाऔं भन्ने आह्वान हो, उहाँले भन्नुभयो ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार  २० : १५  बजे