काठमाडौं, २० साउन । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई कास्की प्रहरीले पक्राउ गरेको छ । उनलाई कास्कीको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले पुष्टि गर्नुभयो । प्रहरीले उनलाई साइबर अपराध मुद्दामा पक्राउ गरेको हो । स्रोतका अनुसार, उनकै सहकर्मी शर्मिला श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । वाइबामाथि काठमाडौं प्रहरीमा मुद्दा दर्ता भएको थियो । उनलाई मंगलबार नै काठमाडौं पठाइने ओलियाले जानकारी दिनुभयो ।
प्रतिक्रिया