कांग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा निःशुल्क कलेजो प्रत्यारोपण

काठमाडौं, २० साउन । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा सांसद डा. सुनिल शर्माले काठमाडौँ मेडिकल कलेजमा एक दाजु–बहिनीको निःशुल्क कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ।
मोरङ जिल्ला बुडिगंगा गाउँपालिका–१ निवासी ३६ वर्षीय विपिन विक्रम बिष्टले आफ्नी ३० वर्षीया बहिनी रक्षा बिष्टलाई कलेजो दान गर्दै जीवनदान दिनुभएको छ ।

यो कलेजो प्रत्यारोपण काठमाडौं मेडिकल कलेजमा दोस्रो पटक सफलतापूर्वक सम्पन्न भएको हो, जसले नेपाली चिकित्सा क्षेत्रमा अर्को नयाँ इतिहास रचेको सांसद डा. शर्माले भन्नुभयो, यो जटिल सर्जरी कलेजो प्रत्यारोपण विशेषज्ञ डा. प्रविन विक्रम थापा, डा. रोशन घिमिरे, हेपाटोलोजिस्ट डा. सागर पौडेल, तथा एनेस्थेसियोलोजिस्ट डा। सुजता निरौला लगायतको दक्ष टोलीले सफल प्रत्यारोपण गरेको हुन । उहाँका अनुसार बिरामी ३० वर्षीय रक्षा विगत सात वर्षदेखि जीवन र मृत्युको संघर्ष गर्नुभएको थियो । विरामीको बुबाले भावुक हुँदै भन्नुभयो, मेरो लागि डा. सुनिल शर्मा भगवान बन्नुभयो डाक्टर सुनिल शर्मालाई म मनबाटै नमन गर्न चाहन्छु। हस्पिटलमा निःशुल्क उपचारको व्यवस्था गर्दिनुभयो।

काठमाडौं मेडिकल कलेज डा. शर्माको स्वामित्वमा रहेको संस्था हो। डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुनुहुन्छ । उहाँले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आउनुभएको छ । यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ। उहाँकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता उहाँले जनाउनुभएको छ । उहाँले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण समेत गर्नुभएको छ । साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसक्नुभएको छ । उहाँका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देश दिनुभएको छ ।

 

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार  १५ : २१  बजे