काठमाडौं, १८ साउन। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री लामाले आइतबार साँझ प्रदेश प्रमुखको कार्यालयमा गएर राजीनामाको पत्र दर्ता गराउनुभएको हो । गत १४ साउनमा कांग्रेस संसदीय दत्तका नेतामा पराजित भएलगत्तै उहाँमाथि पार्टी भित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको थियो। २०८१ साउनमा सपथ लिएर मुख्यमन्त्री भएका लामाले १ वर्षपछि आफ्नै पार्टी भित्रको आन्तरिक द्वन्द्वका कारण राजीनामा दिन बाध्य भएको बताउनुभयो ।
24
Shares
प्रतिक्रिया