सरकार शासक नभई जनताको सेवक हो: प्रधानमन्त्री

काठमाडौं, १८ साउन।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार शासक नभई व्यवस्थापक र जनताको सेवक भएको बताउनुभएको छ । देशमा सुशासन र विकास दिने काम सरकारको भएको बताउनुभएको छ । आइतवार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले भनेका कुनै सबै सत्य भएको दावी गर्नुभयो । उहाँले सरकारको परिभाषा बदल्नुपर्ने जरुरी रहेको समेत बताउनुभयो। देशमा सुशासन र विकास दिने काम सरकारको भएको बताउनुभयो। सरकार जनता र देशप्रति उत्तरदायी मात्रै नभई जिम्मेवार बन्नुपर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकार शासक होइन, व्यवस्थापक र सेवक हो। देशमा सुशासन र विकास दिने काम सरकारको हो। त्यसको बन्दोबस्त गर्ने काम सरकारको हो, जिम्मेवार सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार हुन्छ ?’

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार  १८ : ०१  बजे