तनहुँ, १८ साउन । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्डमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आज दिउँसो ४ः२० बजे गोरखाबाट चितवनको नारायणगढ जाँदै गरेको बा.२ ख. १०७७ नम्बरको बस तनहुँको आंबुखैरेनी गाउँपालिका–२, ऐनापहरामा दुर्घटना भएको हो ।
बस मर्स्याङ्दी नदीको किनारमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी अशोक थापाले जानकारी दिनुभयो । बस दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनी, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उद्धार टोली परिचालन भएको छ ।
दुर्घटनामा सात जना घाइते भएको र उनीहरूलाई आँबुखैरेनी अस्पतालमा उपचारका लागि पढाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रनाउ थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया