सप्तरी, १८ साउन । लागुऔषध कारोबारीलाई प्रहरीले सप्तरीमा हवाई फायर गर्दै नियन्त्रणमा लिएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका-१ बरहीबिरपुरबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको हो ।
छिन्नमस्ता गाउँपालिका–१ घर भएका विशाल राय र डाक्नेश्वरी नगरपालिका ७ घर भएका मनोज रायलाई नियन्त्रणमा लिएको सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीले जानकारी दिनुभयो ।
केसीका अनुसार पक्राउ परेकाको साथबाट सय ग्रामभन्दा बढी लागूऔषध खैरो हेरोइन बरामद भएको छ । प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेका उनीहरुलाई नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गर्नुपरेको प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।
अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी अन्य अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया