काठमाडौं, १८ साउन । पर्सामा श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।पर्साको जिराभवानी गाउँपालिका(५ शंकरसरैया मुसहर टोल बस्ने २४ वर्षीया श्रीमती अस्पतलिया देवीको हत्या आरोपमा श्रीमान् जितन माझी पक्राउ गरेका हुन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, शनिबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमान् जितनले वादविवादको क्रममा कुटपिट गर्दा अस्पतलियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जितनलाई प्रहरीले नियन्त्रणमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।
12
Shares
प्रतिक्रिया