काठमाडौं, १८ साउन । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून नल्याइने बताएका छन्। नेपाल महिला संघले आइतवार मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो प्रतिवद्धता ब्यक्त गर्नुभएको छ। सरकारले गलत सम्बन्धबाट गर्भ रही जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानून संशोधन गर्न लागेको उहाले स्पष्ट पार्नुभयो। यसमा पुरुष वा महिला जो कोही दोषी पाइए उसलाई कारबाही गरिने गरी कानून निर्माण गर्न लागेको उहाँले बताउनुभयो । मन्त्री चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून ल्याउन नलागेको स्पष्ट पार्नुभयो । उहाँले आफ्ना पनि घरमा छोरीहरू रहेको भन्दै महिलालाई गाह्रो हुनेगरी कानून नबनाउने प्रतिवद्धता जनाउनुभयो । शब्दबाट कुनै गलत अर्थ लाग्ने रहेछ भने त्यो संशोधन गर्न सरकार तयार रहेको उहाँको भनाइ छ। गलत सम्बन्धबाट जन्मिएका सन्तानको हकमा केही कानून बनाउन आवश्यक नरहेको भए सरकारले नबनाउने पनि उहाँले स्पष्ट पार्नुभयो । कानुनको मस्यौदा मन्त्रिपरिषद्को समितिमा छलफलका क्रममा रहेको र पूरा तयार भइनसकेकाले सरकारको धारणा हो भनेर प्रचार नगर्न आग्रह गरे ।
87
Shares
प्रतिक्रिया