राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं, १७ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। उनीहरुबीच शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा भेटघाट भएको हो।

भेटमा समसामयिक राजनीतिक र राष्ट्रपतिले फिर्ता पठाएका संवैधानिक परिषद्सम्बन्धी विधेयकका विषयमा छलफल भएको स्रोतले जनाएको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक प्रमाणीकरणका लागि गत ३१ असारमा राष्ट्रपतिसमक्ष पठाइएको थियो। तर राष्ट्रपति पौडेलले पुनर्विचारका लागि विधेयक उत्पत्ति भएकै सभामा फिर्ता पठाएका थिए।
यस्तै भेटमा प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमणबारे पनि जानकारी गराएको जनाइएको छ। प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन ९एलएलडीसी थ्री०मा सहभागी हुन आइतबार तुर्कमेनिस्तान जाँदैहुनुहन्छ ।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार  १९ : ४५  बजे