नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको अवसरमा मैत्रीपूर्ण फुटबल, नेपाली टोली पराजित

काठमाडौं, १७ साउन । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसरमा मैत्रीपूर्ण फुटबल भएको छ ।

ग्वाङ्झाउको नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा नेपाली टोली ३–१ गोलले पराजित भयो ।

मैत्रीपूर्ण खेल हाइचु जिल्लाको यान् च काङ रङ्गशालामा भएको थियो । जसमा चीनमा रहेका नेपालीको समूह र चिनियाँ पक्षका व्यावसायिक खेलाडीले भाग लिएका थिए ।

दुवै देशका सहभागीबीच मित्रता झल्काउने गरी खेलकुदको भावना प्रदर्शन गरिनुका साथै नेपाल–चीन सात दशकको कूटनीतिक सम्बन्धको अवसरमा नेपाली प्रतिनिधि टोली र ग्वाङ्झाउको चिनियाँ टोलीबीच फुटबल प्रतिस्पर्धा गरिएको महावाणिज्य दूतावासले जनाएको छ ।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार  ०७ : ४१  बजे