झलनाथलाई पार्टीबाट बिदा हुन माधव नेपालको सुझाव

काठमाडौं, १६ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानीत नेता झलनाथ खनाललाई पार्टी नीति विपरीत बोलेकाले पार्टीबाट बिदा हुन सुझाव दिनुभएको छ । शुक्रबार विराटनगरमा पार्टीका सम्मानित नेता ‘झलनाथ खनालले एमाले टुक्र्याउनु गलत भएको भन्नुभएछ’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा जवाफ दिँदै अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टीबाट बिदा लिन सुझाव दिनुभयो । उहाँले सम्मानित नेता खनालले पटक–पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकोले उहाँको भनाइको अर्थ नरहेको बताउनुभएको थियो । एक प्रश्नको जवाफमा नेता नेपालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले पुनः राजनीतिमा छिर्न रोक नलगाएकोले उनीहरुको व्यक्तिगत निर्णय अनुसार नै हुने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष नेपालले शेरबहादुर देउवा र केपी ओली एक ठाँउमा रहेसम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताउनुभयो ।

 

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार  १५ : ०६  बजे