पेट्रोलको घट्दा डिजेल. मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि

काठमाडौं, १६ साउन । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ घटाएको छ भने डिजेल तथा मट्टितेलको २ रुपैयाँ बढाएको छ ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २१ डलरले बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ मूल्य आजै रातिदेखि लागू हुनेछ । जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १५९ रुपैयाँ कायम भएको छ भने डिजेलको १५० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार  ०७ : २०  बजे