इजरायली गोलीबारीमा परेर गाजामा खाना पर्किरहेका ५० जनाभन्दा धेरैको ज्यान गयो

काठमाडौं, १५ साउन । इजरायली गोलीबारीमा परेर गाजामा खाना फर्किरहेका ५० जनाभन्दा धेरैको ज्यान गएको छ ।
इजरायली सेनाले सहायता ट्रक वरिपरि भेला भएका भीडमाथि गोली चलाउँदा अरु चार सय जनाभन्दा धेरै घाइते भएका हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इजरायली सेनाले भने चेतावनीपूर्ण गोली चलाएको तर कुनै हताहतको बारेमा थाहा नभएको बताएको छ ।
अमेरिकी राजदूत स्टिभ विटकफ इजरायल आइपुग्दा यो घटना भएको हो । गएको हप्ता युद्धविराम र बन्धक रिहाइ सम्झौता वार्ता अवरुद्ध भएपछि हमासविरुद्ध दण्डात्मक उपायहरू विचार गरिरहेका इजरायली अधिकारीहरूलाई विटकफले भेट्ने कार्यक्रम छ ।
प्यालेस्टिनी भू–भागमा अहिलेको भयानक मानवीय अवस्थाप्रति बढ्दो अन्तर्राष्ट्रिय आक्रोशका बीच उहाँले विवादास्पद इजरायली र अमेरिका समर्थित गाजा मानवीय फाउन्डेशन ९जीएचएफ० द्वारा सञ्चालित सहायता वितरण स्थलहरूको पनि भ्रमण गर्ने खबरमा उल्लेख छ ।
यसैबीच गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले युद्ध शुरू भएदेखि अहिलेसम्म भोकमरी र कुपोषणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५४ पुगेको छ ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार  १८ : ५७  बजे