काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुशीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आज आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै नेपालीले यस दिनमा खुशीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न सबैसँग आग्रह गर्नुभयो ।
उहाँले यस वर्ष तराई मधेशमा सुक्खा लागेकाले राम्रो खेती हुन नसकेक्ने परिस्थिति सिर्जना भएको उल्लेख गर्दै देशको अन्न भण्डारका रूपमा रहेको तराई मधेशमा सिँचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सुनकोशी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायतका आयोजना छिटो सक्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत जानकारी दिनुभयो ।
विभागका प्रमुख एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली मौलिक संस्कृतिको जगेर्नाका लागि हरेक वर्ष ‘खीर खाने’ कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।
प्रतिक्रिया