सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् – प्रधानमन्त्री ओली

काठमाडौं, १५ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गर्नुभएको छ ।
नेपाली समाजमा खीर खाने पर्व साउन १५ को अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उहाँले यस्ता पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिक मिठास बोकेको उल्लेख गनुएभएको छ । उहाँले पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको उल्लेख गर्दै पूर्वजहरूले रोपाइँ सकेर साउन १५ (खीर खाने) पर्वको सुरुवात गरेको स्मरण गर्नुभएको छ । उहाँले लेख्नुभएको छ – ‘आज साउन १५, खीर खाने परम्परागत पर्व । हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए । पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ । जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ। शुभ साउन १५ १, सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस्

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार  ०७ : २७  बजे