प्रधानमन्त्री ओली साउन १८ गते तुर्कमेनिस्तान जाने, भ्रमण स्वीकृत

काठमाडौं, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओली मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणमा जाने हुनुभएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उहाँको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले बताउनुभएको छ । मन्त्रिपरिषद् स्रोतका अनुसार यही साउन १८ गते २३ गतेसम्मका लागि भ्रमण स्वीकृत गरेको हो ।
भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन ९एलएलडीसी थ्री० साउन तेस्रो साता तुर्कमेनिस्तानको अभाजामा हुँदैछ ।उहाँ सोही सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लाग्नुभएको हो ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार  २२ : ३२  बजे