काठमाडौं, १२ साउन । गएराति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सिन्धुपाल्चोक, काठमाडौं, कास्की, लमजुङ, पर्वत, पाल्पा, मुगु, इलाम, धनकुटालगायत जिल्लामा राति मध्यम वर्षा भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेशको सप्तरीमा पनि हल्का वर्षा भएको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा लुम्बिनीका एक(दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो गण्डकी, बागमती र सुदूरपश्चिमलगायत देशका पहाडी भू(भागका केही स्थान तथा तराई भू(भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
प्रतिक्रिया