काठमाडौं, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा आधुनिक रंगशाला बनाउने घोषणा गर्नुभएको छ । सूर्यविनायकको जगातीमा ५० हजार दर्शक अट्ने रंगशाला बनाइने प्रधानमन्त्रीले बताउनुभएको हो । यसका लागि जग्गा प्राप्तिलगायत विषयमा आइतबार सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघका पदाधिकारीसँग छलफल गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभो , ‘खेल क्षेत्रको हाम्रो दायरा फराकिलो हुँदै गर्दा दशरथ रंगशाला हामीलाई साँघुरो भएको छ। अब हामी भक्तपुर सूर्यविनायकमा आधुनिक रंगशाला बनाउँदै छौँ।’
6
Shares
प्रतिक्रिया