काठमाडौँ, ११ साउन । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अघि बढाउने अमेरिकी सरकारले निर्णय गरेको छ। नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाएको अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनिराम शर्माले जानकारी दिनुभयो । अमेरिकी सरकारले गरेको समीक्षा बैठक अनुसार नेपालमा कार्यान्वयनको चरणमा रहेको एमसीसी परियोजना निरन्तरता गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारको प्रशासनिक खर्च कटौती गर्ने निर्णय अनुसार गत अप्रिलमा एमसीसी बन्द गर्ने निर्णय गरेको थियो। नेपालसहित २० मुलुकमा सञ्चालित यो कार्यक्रमलाई ३ महिनाका लागि स्थगित गरिएको थियो। तर, नेपालमा भने एमसीसी कार्यक्रम कहिल्यै नरोकिएको शर्माले बताउनुभयो ।
9
Shares
प्रतिक्रिया