ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

मकवानपुर, ११ साउन । मकवानपुर मनहरी गाउँपालिकामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मनहरी वडा नं. ७ रमनटार स्थित पूर्व पश्चिम सडक खण्डमा भएको दुर्घटनामा एक जना घाइते भएका छन् ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०४० नं. को ट्रकले चितवनबाट हेटौँडातर्फ आउँदै बा.प्र.०३–०४ प ११६२ नं. को स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा भरतपुर महानगरपालिका ११ का वर्ष ५१/५२ का मोति बहादुर क्षेत्रीको आइतबार दिउँसो मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते हुनुभएका क्षेत्रीलाई उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा उपचारको क्रममा दिउँसो १५ः२० बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

स्कूटरको पछाडी सवार भरतपुर महानगरपालिका–९ सरतपुर बस्ने वर्ष ३६/३७ की नरमाया गुरूङको दाहिने खुट्टा, हात, टाउँको र अनुहारमा चोट लागेर घाइतेभएको र पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक सप्तरीका वर्ष ३५ का अशोक यादबलाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार  १८ : ३३  बजे