अधिनायकवाद के हो भन्ने कुरा गोलघरमा बसेकालाई बढी थाहा हुन्छ –प्रधानमन्त्री ओली

काठमाडौं, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले केही चित्त नबुझ्नासाथ अधिनायकवाद भनिहाल्ने गरिएको गुनासो गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अधिनायकवाद के हो भन्ने कुरा गोलघरमा बसेकालाई बढी थाहा हुने बताउनुभयो । ‘लोकतन्त्र आइसकेपछि अब राजनीतिक लडाइँ गर्नुपर्ने आवश्यकता छैन । अब त सुधारका निम्ति सुझावका कुरा हुन्’ उहाँले भन्नुभयो , ‘अब कसैको इर्ष्या, कुण्ठा हुन्छ भने त्यो बेग्लै कुरा हो, अब कुनै लडाइँ होइन यहाँ ।’ उहाँले थप्नुभयो, ‘हुन त दिनैपिच्छे अब आफूलाई केही चित्त बुझेन भने अधिनायकवाद भो भनेर ‘। अधिनायकवाद कस्तो हुन्छ, अधिनायकवादी शासनमा गिरफ्तारी भनेको के हो ? त्यतिबेला पिटाइ कस्तो खाइन्छ त्यो त हामी खाएकाहरूलाई थाहा छ ।’ उहाँले अधिनायकवाद के हो भन्ने कुरा अहिलेसम्म रहेका अघिल्लो पुस्तालाई बढी थाहा भएको बताउनुभयो।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार  १४ : ३८  बजे