मटिहानी, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ को बिग्ही नदीमा निर्माण गरिएको पुलको उद्घाटन गर्नुभएको छ ।
आज दिउँसो साढे १२ बजे महोत्तरीको मटिहानी आइपुग्नुभएका प्रधानमन्त्री ओलीले बिग्ही नदीमा निर्माण गरिएको पुलको शिला अनावरण तथा रिबन काटेर पुलको उद्घाटन गर्नुभएको हो ।
मटिहानीलाई जनकपुरसँग जोड्ने सडकको रुपमा रहेको सो पुल निर्माणले सीमावर्ती भारतीय क्षेत्रबाट जनकपुर जाने सानो मार्ग बनाएको छ ।
प्रतिक्रिया