शुक्रबार ३ बजे विशेष पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी

काठमाडौं ८ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ । उहाँले बानेश्वरस्थित कार्की बैंकिटमा भोलि दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लाग्नुभएको हो । सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उहाँको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ ।

त्यसपछि खास टिप्पणी गरेपछि भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रुपमा लिइएको छ । एमालेको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष बन्न चुनौती हुने ठानेर भण्डारीलाई रोक्ने निर्णय गरेको कतिपयको आरोप छ । यद्यपि संस्थापन पक्षले भने देशको गरिमा र प्रमुख भइसकेको मान्छेले पार्टी पोलिटिक्समा फर्कन नैतिकवान नहुने बताउँदै भण्डारीको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार  २० : ५२  बजे