धनगढी, ८ साउन । धनगढी उपमहानगरपालिकाले जथाभावी फोहोर नफाल्न आग्रह गरेको छ । धनगढीमा प्रवेश गर्ने सवारीसाधनमा यात्रारत यात्रुलाई नगर प्रहरी र कर्मचारीले जथाभाबी फोहोर नफाल्न धनगढी प्रवेश गर्ने नाकामा गाडी रोकेर माइकिङका माध्यमबाट सम्झाउने गरेको उपमहानगरपालिकाको सरसफाइ शाखाले जनाएको छ ।
उहाँहरूले माइकिङमा भन्नुभएको छ,‘धनगढी उपमहानगरपालिकामा प्रवेश गर्नुभएकोमा यहाँहरु सम्पूर्णलाई हार्दिक स्वागत गर्दर्छौ, धनगढी उपमहानगरपालिका क्षेत्रभित्र कहीँकतै पनि कुनै किसिमका फोहोर जथाभाबी फालेमा रु। पाँच सय देखि रु। १५ हजारसम्म जरिमाना रहेको कुरा सम्पूर्णलाई जानकारी गराउँदछौं र गाडी चालकले गाडीमा अनिवार्य रूपमा डस्टबिनको व्यवस्था गरिदिनुहोला धन्यवाद ! जानुहोस् ।’
यदि तपाईं पनि धनगढी जाँदै हुनुहुन्छ भने धनगढीमा जथाभावी फोहोर फाल्दा होसियारी अपनाउन अनुरोध गरिएको छ । यदि फोहोर फालिएमा जरिमानामा पर्ने पालिकाले जनाएको छ । पालिकाले छोटो तथा लामो दुरीका यात्रुवाहक गाडीमा सवार यात्रुलाई जथाभाबीरुपमा फोहोर नफाल्न गाडी रोकेर दिनहुँ सम्झाउँदै आएको छ ।

                    
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                
            






प्रतिक्रिया