काठमाडौं, ८ साउन । मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा मृत भेटिएका दिदीबहिनी भारतको मुम्बइबाट भागेर आएको खुल्न आएको छ। स्थानीय निरज चक्रधरको घरको भुइँ तलामा डेरा गरी बस्दै आएका उनीहरू बिहीबार बिहान मृत अवस्थामा भेटिएका थिए ।
उनीहरू सोही घरको प्यासेजमा एउटै डोरीमा झुन्डिएरको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो । मृतकहरू सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल रहेको खुलेको छ।
परिवारसँग भारतको मुम्बइमा बस्दै आएका उनीहरू १५ दिनअघि मात्रै काठमाडौं आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतकका बुवा मुम्बइबाट काठमाडौं आउँदै गरेको र उनी आइसकेपछि मात्रै घटनास्थलको मुचुल्का हुने प्रहरीले जनाएको छ ।
मेनुका र सिर्जना एकै घरका दिदीबहिनी भएको प्रहरीले जनाएको छ । घरधनीका अनुसार दुई साताअघि मात्र ती किशोरीहरू डेरामा बस्न आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया