एमाले पोलिटब्युरो बैठकबाट संशोधित विधान प्रस्ताव पारित, उमेरहद र दुई सदस्यता खारेज

काठमाडौं, ३ असार ।  नेकपा एमालेको पोलिटब्युरो बैठकले संशोधित विधान प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । प्रचार विभाग प्रमखु राजेन्द्र गौतमले उपाध्यक्ष विष्णु पौडेलले सचिवालयमा पेस गरेको र त्यहाँबाट संशोधन भएर आएको विधान संशोधन प्रस्ताव पारित जानकारी दिनुभयो । बैठकमा पदाधिकारी बाहेक ६८ जनाले आफ्नो धारणा राखेका थिए। पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने विषयलाई स्वीकार गर्दै बैठकबाट उक्त प्रस्ताव पारित गरेको गौतमले जानकारी दिनुभयो । ‘विधान संशोधन सम्बन्धी प्रस्तावलाई पोलिटब्यूरो बैठकले स्वीकार गरेको छ । सामान्य सुझावलाई समावेश गर्नेगरी पारित गरेको छ । त्यसभित्रका महत्वपूर्ण कुरा भनेको पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने कुरा हो । त्यसलाई स्वीकार गर्दै आजको बैठकद्वारा निर्णय गरेका छौं,’ गौतमले भन्नुभयो ।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार  २० : ५३  बजे