एमाले पोलिटब्युरो बैठक :प्रतिवेदनमाथि आज पनि छलफल

काठमाडौँ , ३ साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक आज पनि बस्ने भएको छ । हिजोबाट जारी बैठक पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजेबाट सुरु हुनेछ । हिजोको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सात जनाले आ–आफ्नो धारणा राख्नुभएको थियो । विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, डा. राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले बोलिसकेका छन् । आज अन्य नेताहरूले आ आफ्नो धारणा राख्नेछन् । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा बोल्नुभएको थियो । उहाँले विधान निर्माण गर्ने काममा पार्टीका नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिन आग्रह गर्नुभएको थियो । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको छ ।

प्रकाशित मिति: ४ श्रावण २०८२, शनिबार  ०७ : ३०  बजे