काठमाडौं, २ साउन । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठलाई ‘बिजनेश एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित गरिएको छ । आज काठमाडौंस्थित नेपाल पुलिस क्लब, प्रदर्शनी मार्गमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई सम्मान प्रदान गर्नुभएको हो ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेशनद्वारा आज आयोजित ‘नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५’ मा उनलाई ‘बिजनेश एक्सिलेन्स अवार्ड २०२५’ प्रदान गरिएको हो ।
नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष तथा वरिष्ठ व्यवसायी राजेशकाजी श्रेष्ठलाई नेपालको व्यापार क्षेत्रमा पुर्याएको दीर्घ योगदान, नेतृत्वदायी भूमिका र अन्तर्राष्ट्रिय समन्वयमा सक्रिय योगदानका लागि उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले बिजनेश एक्सिलेन्स अवार्डबाट वीरेन्द्रराज पाण्डेलाई पनि सम्मान प्रदान गर्नुभएको थियो ।
साथै, युवा सशक्तिकरण पुरस्कारबाट काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, शिक्षा उत्कृष्ट पुरस्कारबाट अनुराधा शर्मालाई सम्मान प्रदान गरिएको थियो । समारोहमा उच्च पदस्थ सरकारी अधिकारीहरू, नेपाली र चिनियाँ व्यवसायी, कूटनीतिज्ञ, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रतिक्रिया