काठमाडौं, १ साउन । सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको दुई हजार दुई सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया