काठमाडौं, ३२ असार । प्रहरीले ठुलो परिणाममा हजार दरका नेपाली रुपियाँका नक्कली नोट कारोवारीहरुलाई पक्राउ गरेको छ । प्रहरीले १२९३ गोटा नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको हो ।
जाजरकोटको कुसे गाउँपालिका ५ बस्ने २२ वर्षीया दिलमाया सिंह ठकुरी र सोही गाउँकी ३३ वर्षीया रामबहादुर सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरू नक्कली नोटको कारोबार गर्ने गरेको सूचना पछि प्रहरीले खोजतलास गरी नोट सहित पक्राउ गरेको र खोजतलासका क्रममा १५ पोका बनाएर राखेको अवस्थामा १९ किलोग्राम अफिम ‘लागु औषध’ समेत बरामद गरेको जनाएको छ ।
प्रतिक्रिया