सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ आज दिउँसो ३ बजे

काठमाडौँ, ३२ असार । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज (बुधबार) दिउँसो तीन बजे तय भएको छ । यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गर्नुभएको थियो । बालुवाटार स्रोतका अनुसार नवनियुक्त मन्त्री न्यौपानेको शपथ दिउँसो ३ बजेलाई तय गरिएको हो ।
मेयरमा पराजित भएकी न्यौपाने पछि राष्ट्रिय सभा निर्वाचनमा भने विजयी हुनुभएको थियो । उहाँको ६ वर्षे राष्ट्रिय सभा कार्यकाल भने आगामी फागुनमा सकिँदै छ ।

प्रकाशित मिति: १ श्रावण २०८२, बुधबार  ०६ : ५७  बजे