ललितपुर, ३१ असार । ललितपुर –१२, लगनखेल बस पार्कमा तीन करोडको लगानीमा बनेको होटल नमुना क्याफेको ग्राण्ड ओपनिङ भएको छ ।संघीय माननीय प्रेम बहादुर महर्जनले वाग्मती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ र वरिष्ठ हास्यकलाकार केदार प्रसाद घिमिरे (माग्नेबुढो) उपस्थिमा होटल नमुना क्याफेको सोमवार उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले पछिल्लो समय सुविधासम्पन्न क्याफे निर्माण र यसले नेपालको अर्थतन्त्रमालाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । मुलुक विकासको चरणमा रहेकाले होटललगायतका पूर्वाधार अझै आवश्यक भएको उल्लेख गर्दै उहाँले यहाँ लगानीका कयौँ सम्भावना रहेको समेत बताउनुभयो । ललितपुर मात्र नभएर काठमाडौँ लगाएत छिमेकी जिल्लाका विभिन्न गन्तव्यमा पुग्ने यात्रु तथा स्थानीय स्तरमा आयोजना हुने सभा, सम्मेलनका साथै विवाह, व्रतबन्धलगायतका अवसरमा पार्टी आयोजनाका लागि पनि सहज भएको छ । होटलमा डिलक्स एसी रुमहरु १५ ओटाका साथै करिब एक सय ५० जना क्षमताको एउटा हल रहेको छ । पर्याप्त पार्किङको सुविधा रहेको होटलमा रुफटप गार्डेन रहेको छ । नमुना क्याफेमा पाँच तारेमा होटलमा काम गरि सक्नु भएका कर्मचारीहरुबाट स्वास्थ्य खाना ध्यान दिदै उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य रहेको व्वस्थापन पक्षले जनाएको छ ।
प्रतिक्रिया