सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या

काठमाडौं, ३० असार । सुनसरीको हरिनगर गाउँपालिका– ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका– ६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा एउटा खोका फेला परेको छ । घटनापछि मिया फरार छन् । फरार भएका मियाको खोजी भइरहेको तिम्सिनाले जानकारी दिनुभयो । गोली प्रहारको कारण खुलिनसकेको प्रहरीले जनाएको छ । घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै पर्छ ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार  ०८ : १६  बजे