काठमाडौं, ३० असार । गएराति काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पर्वतमा ४५ मिलिमिटर पानी परेको छ ।
राति सङ्खुवासभामा बाढी आउने गरी ठूलो पानी परेको थियो । सबैजसो प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज दिउँसो पनि सबैजसो प्रदेशमा पानी पर्ने तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया