छाउगोठमा मृत्यु भएको घटनाप्रति (एमाले) का सांसद तारा लामा तामाङबाट दुःख व्यक्त

सांसदका हरेक अभिव्यक्तिमा गम्भीरता, संयमता हुनुपर्नेमा जोड

काठमाडौं, २९ असार । नेकपा (एमाले) का सांसद तारा लामा तामाङले कञ्चनपुरको कृष्णपुरमा एक महिलाको छाउगोठमा मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । प्रतिनिधिसभाको विशेष समयमामा आज सांसद तारा लामा तामाङले आफ्नो धारणा राख्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाले अझैपनि पश्चिम नेपालमा छाउपडि प्रथा उन्मूलन भएको बताउनुयभो । उहाँले भन्नुयभो – मेरो जिल्ला कञ्चनपुर को कृष्णपुर नगरपालिका–१ निगालीमा २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतिरहेको बेला सर्पले डसेर हिजो शनिवार राती ८ बजे उपचारको क्रममा सेती प्रदेशिक अस्पताल धनगढीमा मृत्यु भएको खबर अत्यन्तै दुःखद र पीडादायी छ।मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना र अत्यन्त गरिवीको समस्या झेलीरहेको परिवार कि मृतक हालै रोजगारी स्थल भारतबाट घर आउनु भएको थियो श्रीमान पुरन दमाई भारतमा रहेका र छोराहरु आयुष दमाई १५बर्ष,आशिष दमाई १२ बर्ष र आदित्य दमाई ५ बर्षका छन र मृतकको परिवारलाई राहत तथा आर्थिक सहयताको लागि अनुरोध छ । २१औँ शताब्दीको नेपाल कञ्चनपुरमा त यस्तो छ भने अछाम, बाजुरा, डोटी र बझाङ लगाथत पहाडी जिल्लाहरूको केहि स्थानहरु र केहि समुदायहरुमा यो प्रथा अझै गम्भीर रूपमा विद्यमान छ। जहाँ महिनावारी भएका महिलाहरूलाई आज पनि गोठ, खुला छाप्रोमा जनावरसँगै, भय र अपमानको वातावरणमा, विच्छी, फट्यांग्राजस्ता जन्तुहरूको डरमा मात्र होइन, कहिलेकाहीँ मानव हिंसाको पनि शिकार बन्नुपरेको छ। यो केवल सामाजिक प्रश्न होइन, मानव अधिकारको पनि गम्भीर उल्लंघन हो। म सरकारसँग अनुरोध गर्न चाहन्छु — छाउपडी उन्मूलनका लागि अझ प्रभावकारी सचेतनामूलक कार्यक्रम, स्थानीय सरकार र समुदायमा समन्वयमा छाउप्रथा सम्बन्धी भएको कानून पूर्णरुपमा लागु गरी सबै मिलेर यो कुरितिको अन्त गरौं र हाम्रो संविधानमा प्रत्याभूत गरिएका स्त्री–पुरुष समानता र सम्मानजनक जीवनको अधिकारलाई व्यवहारमा उतार्न आवश्यक कार्य गर्न गराउँन ध्यानाकर्षण चाहन्छु ।

उहाँले संसद ऐन, कानुन बनाउने जनताद्वारा निर्वाचित जनप्रतिनिधिको थलो भएको बताउनुभएको छ । सांसदले संसदभित्र सोहीअनुसार प्रभावकारीरुपमा अभ्यास गर्न नसकिएको बताउनुभएको हो ।उहाँले संसदमा ऐन कानुन चाँडो बनाएर नयाँ संविधानको मर्म र भावना अनुरुप अगाडि लैजानुपर्नेमा विना ओझका शब्दहरु बोलिदा संसदको गरिमा घट्ने बताउनुभयो । राजनीतिक दलहरुबीच इगो साध्ने, आरोप प्रत्यारोपमा समय खर्चिने, अदालतमा विचारधिन रहेका मुद्धाहरुमा संसदमा बोल्नु उचित नहुने समेत बताउनुयभो । हामी यहाँ कुनै व्यक्तिगत हैसियतले होइन, जनताको प्रतिनिधिका रूपमा उपस्थित भएका हौं। संसदको मञ्चमा बोलेका हाम्रा प्रत्येक शब्दले केवल तत्कालीन सन्दर्भ निर्माण गर्दैन, त्यो भावी पुस्ताका लागि अभिलेख बन्छ — इतिहास बनाउँछ। त्यसैले हरेक अभिव्यक्तिमा गम्भीरता, संयमता र जवाफदेहिता अत्यावश्यक हुन्छ , उहाँले भन्नुभयो । आज हामी जुन सदनमा बसेका छौं, यसलाई केवल राष्ट्रभित्रका जनताले होइन, अन्तर्राष्ट्रिय समुदायले समेत चासोपूर्वक नियालिरहेको हुन्छ। यस्तो मञ्चमा प्रयोग गरिएका शब्दहरू नापजोख बिना सार्वजनिक हुँदा, ती शब्दहरूले संसदको गरिमा मात्र होइन, राष्ट्रको शिरसमेत झुकाउने खतरा पैदा उहाले तर्क गर्नुभयो । उहाँले अहिले सबै सांसदहरुको ध्यान कानून निर्माणमा केन्द्रित हुनुपर्ने र संस्थागत रुपले पनि संसद संसद जस्तो हुनुपर्ने बताउनु भएको छ । उहाँले जनतालाई भ्रममा राखेर आफ्ना मनोकांक्षा पुरा गर्न विधिको शासन, संविधानको सर्वोच्चता र शक्ति पृथकिकरणको सिद्धान्तलाई समेत खिल्ली उडाइएको उल्लेख गर्दै यसमा सबै गम्भिर हुन जरुरी रहेको बताउनु भयो ।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार  १६ : ४८  बजे