काठमाडौं, २८ असार । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रूपमा लिएको बताउनुभएको छ ।
चीन भ्रमण सकेर आज स्वदेश फर्किनुभएका नेता खनालले विद्या भण्डारीले वामपन्थी एकताको आवश्यकता महशुस गरेर राजनीतिमा प्रवेश गरेको हो भने यसलाई सकारात्मक रूपमा नै लिनुपर्ने बताउनुभयो ।
पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पतञ्जली जग्गा प्रकरणमा ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएको र उहाँको नेतृत्वबाट पार्टी सबल हुन्छ भनेर कसरी विश्वास गर्ने रु पत्रकारको प्रश्नमा सम्मानित नेता खनालले यस विषयमा आफूहरुले पनि प्रश्न गरिरहेको बताउनुभएको छ । हालै सम्पन्न पार्टीको सचिवालय बैठकमा आफूले लिखित दस्ताबेज प्रश्तुत गरेको र दस्ताबेजबारे पार्टीभित्रै छलफल भइसकेपछि बाहिर ल्याउने उहाँले बताउनुभएको छ ।
प्रतिक्रिया