महाकाली नदी तटीय क्षेत्रमा भोलि बिहानसम्म नै सतर्कता अपनाउन आग्रह

काठमाडौं, २८ असार ।  भारतले धौलिगङ्गा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएकाले महाकाली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज दिउँसोसम्म बाँधको ढोका खोलेर सिल्ट सरसफाइको काम हुने भएकाले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा भोलि बिहानसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार  १० : ३६  बजे