काठमाडौं, २६ असार । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित छ जनाविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपिँयाको भष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित छ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा १५ करोड ८८ लाख ५० हजार रुपिँयाको भष्टाचार मुद्दा दायरा गरेको जानकारी दिनुभयो ।
मुद्धा दायरा हुनेमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल र कम्प्युटर इन्जिनियर रामशरण गायक हुनुहुन्छ ।
त्यसैगरी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, वर्ल्ड डीष्ट्रीव्युसन नेपाल प्रा. लि. कान्तिपथ, काठमाडौं र उक्त कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठविरुद्ध मुद्दा दायरा भएको पौडेले बताउनुभयो ।
सरकाररसार्वजनिक संस्थालाई हानी पुर्याउने बदनियत निर्धारित शर्त तथा मापदण्ड विपरीतको गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरी झुटा कागजात पेश गरी गराई अस्वाभाविक मूल्य कायम भएको उक्त सामग्री बापत १५ करोड ८८ लाख ५० हजार रुपियाँ बराबरको रकम भुक्तानी दिने कार्य गरेकोले भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ समेतको कसूरमा उहाँहरुलाई मुद्दा दायरा गरेको पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया