मौद्रिक नीतिः घर कर्जाको सीमा एक करोड वृद्धि (पूर्णपाठ)

काठमाडौं, २७ असार । । नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा वृद्धि गरेको छ । यसभन्दा पहिले २ करोड रहेकोमा त्यसलाई वृद्धि गरी ३ करोड पुर्याइएको हो। नयाँ घर बनाउदा वा किन्दा बैंकबाट पाइने कर्जाको सीमा वृद्धि गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले घर कर्जा वृद्धि गरेको बताएका हुन् । शुक्रबार आगामी आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले यस्तो जानकारी दिनुभयो । नयाँ घर बनाउदा ८० प्रतिशत र अन्य घर कर्जामा ७० प्रतिशत कर्जा दिने भएको हो ।

Monetary_Policy_2082-083

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार  १४ : ०९  बजे