गएराति धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं, २६ असार । गएराति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै हुम्लामा ४५।९ मिलिमिटर पानी परेको छ ।

राति मकवानपुर र सिन्धुपाल्चोकमा भेलबाढी आउने गरी ठूलो पानी परे पनि अहिले कतै पनि ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो मधेशबाहेक अरु प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार  ०६ : ४२  बजे