रामेछाप, २३ असार । नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीका नेता तथा उमाकुण्ड गाउँपालिका वडा नं. १ का वडा कमिटी अध्यक्ष दोमा सर्की शेर्पाको ६५ वर्षको उमेरमा असामयिक निधन भएको छ। २०२५ मंसिर १० गते रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. १ मा जन्मनु भएका । उहाँ महालङ्गुर माविका पूर्व प्रधानाध्यापक, नेकपा (एमाले) वागमती प्रदेश शिक्षक संगठनका पूर्व सदस्य समेत रहनुभएका शेर्पाको निधन २०८२ असार २३ गते विहान उपचारको क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भएको हो। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न आज आयोजित श्रद्धान्जली कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सचिव योगेश भट्टराई, सल्लाहकार परिषद अध्यक्ष अमृत कुमार बोहरा, पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाईं, केन्द्रीय सदस्य माधव ढुंगेल, गीता कार्की, वागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेल, प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, प्रदेश सदस्य रत्नप्रसाद गौतम, जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया, नेकपा (एमाले) सम्पर्क मञ्च, नगर कमिटी ,गापा कमिटी, वडा कमिटीका प्रतिनिधिहरू, निर्वाचित जनप्रतिनिधिहरू तथा स्थानीय नेतागणहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अन्तिम श्रद्धाञ्जली कार्यक्रममा नेकपा (एमाले) सल्लाहकार परिषदका अध्यक्ष अमृत कुमार बोहराले पार्टीको झण्डा ओढाएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। क। दोमा सर्की शेर्पाको निधनले नेकपा (एमाले) रामेछापलाई अतुलनीय क्षति पुगेको भन्दै पार्टीले उहाँप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
54
Shares
प्रतिक्रिया