रसुवा, २४ असार । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा मङ्गलबार बिहान करिब ३ बजेतिर आएको भीषण बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान सार्वजनिक गरिएको छ ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा तीन जना प्रहरी, ६ जना चिनियाँ नागरिक, तीन जना गाडी चालक र अन्य श्रमिक तथा यात्रुहरू रहेका छन् ।
यसैबिच, रसुवाकै उत्तरगया गाउँपालिका–५ स्थित उत्तरगयाधामको खोला किनारमा एउटा दाहिने खुट्टा फेला परेको जानकारी पनि डिएसपी थापाले दिनुभएको छ । पहिचान खुलाउन डीएनए परीक्षणको तयारी भइरहेको जनाइएको छ ।
हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रहरी टोली परिचालन गरिएको छ भने उद्धार कार्य जारी छ । यसैगरी, बेपत्ता भएका प्रहरीहरु इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए ।
यी हुन् बेपत्ता ३ प्रहरी
- प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ
- प्रहरी जवान मुन्ना ठाकुर
- प्रहरी जवान लोकेन्द्र बोहोरा
यी हुन् बेपत्ता ९ नेपाली नागरिक
- फुर्वा लामा
- गोविन्द मोक्तान
- लोकमान तामाङ
- जिपन चौधरी
- सन्तोष दइत
- बुद्धिराम थारू
- लक्ष्मीनारायण थारू
- सुरेश थारू
- नरेन्द्र विक
यी हुन् बेपत्ता ६ जना चिनियाँ नागरिक
- यु युइ
- ली हुवाछिन
- याङ चुआन
- यु हाइ हाङ
- यु छिआओ छुइ
- जोउ योङ
प्रतिक्रिया