त्रिशूलीको बाढीमा फसेकाहरुलाई उद्धार गर्न हेलिकप्टर पठाइयो

काठमाडौं, २४ असार ।  नुवाकोटस्थित त्रिशूली नदीमा फसेकाहरूलाई उद्धार गर्न हेलिकप्ट पुगेको छ ।विदुर नगरपालिकाको इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा सोमबारदेखि २ जना व्यक्ति फसेका छन् । घाँस(दाउरा गर्न गएका उनीहरु नदीमा बाढी आएपछि उनीहरु त्यही फसेका हुन् । सोमबारदेखि उनीहरु रुखमा चढेर बसेका छन् । रुखमुनि बाढी आएको छ । उनीहरु दुवै जना एकै परिवारका हुन् ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार  ०८ : १६  बजे